श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित, नेपालको कमजोर बलिङ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पहिले व्याटिङ् गर्दै १७३ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले १९ दशमलव १ ओभरमा चार विकेटको नोक्सानीमा लक्ष्य भेटाएको हो । नेपाली बलरले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा पहिलो खेलमै हारको सामना गर्नुपरेको हो । श्रीलंकाको जितमा सम्मु असम नायक बने । उनले ४४ बलमा ७२ रनको उत्कृष्ट इनिङ खेले ।

यसअघि निर्धारित २० ओभरमा नेपालले ५ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका दीपेन्द्र ऐरीले अर्धशतकीय पारी खेले । उनले अवजित ७२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, विनोद भण्डारी २० रन, आरिफ सेख १९ रन, पवन सर्राफ २२ रन तथा पूर्वकप्तान पारस खड्का १ रन बनाएर आउट भए । करन केसीले नटआउट १ रन बनाए । श्रीलंकाका लागि कमिण्डु मेण्डिसले सर्वाधिक २ विकेट लिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *