श्रीराम सुगर मिल्स यसवर्ष सञ्चालन नहुने, किसानद्वारा आन्दोलनको घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रौतहटमा रहेको श्रीराम सुगर मिल्स यसवर्ष सञ्चालन नहुने भएको छ । पछिल्लो दुई दशकयता सञ्चालनमा रहेको सुगर मिल्स यसवर्ष सञ्चालन नगर्ने उद्योगीले बताएका छन् ।

जिल्लाको मध्यभाग गरुडामा रहेको मिल्स सञ्चालनमा नआउने भएसँगै किसानको खेतमा लगाइएको हजारौ विघा उखुबाली बिक्रीमा समस्या हुने भएको छ । यसो त किसानले बर्षौँदेखिको बक्यौता रकम समेत पाउन सकेका छैनन् ।

पछिल्लो केही समयदेखि भुक्तानीको माग गर्दै काठमाडौ सिंहदरवारसम्म धाइरहेका उखु उत्पादक किसान संघलाई उद्योगी हृतेस गोल्छाले यसपटक मिल नचल्ने भनेपछि उनीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

संघका कोषाध्यक्ष मनोज कुमार सहनीले झण्डै ४२ करोड बक्यौदा किसानले उठाउन बाँकी रहेको भन्दै आफूहरु अब आन्दोलन जाने तयारीमा जुटेको बताए ।

श्रीराम सुगर मिल्सले गत वर्ष किसानलाई बिउ समेत बितरण र सर्भे गराएपछि त्यस क्षेत्रका ८ हजार किसानले विभिन्न प्रजातीको उखु लगाएका छन् । करीव १८ लाख कुुईन्टल उत्पादनहुने अनुमान रहेको कोषाध्यक्ष सहनीको अनुमान छ।

यसैबीच मिल्स बचाउ अभियान अन्तर्गत आउँदो पौष ९ गते शनिवार मिल्सकै प्राङ्गणमा वृहद उखु किसान भेलाको आयोजना गरिने भएको छ । यस्तै पौष ६ गते विहान १० बजेदेखि २ बजेसम्म इलाका प्रशासन कार्यालय गरुडा घेराउ गर्ने र ७ गतेदेखि आम हड्ताल गर्ने किसान संघले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *