श्रमजिवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयनको मागगर्दै नेपाल पत्रकार महासंघको प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रमजिवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । अझै पनि पत्रकारको हितमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन हुन नसकेको भन्दै महासंघले काठमाडौंको बानेश्वरमा ऐन कार्यान्वयनका लागी दवाव दिन प्रदर्शन गरेको हो ।

उनीहरुले न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग समेत राखेका छन् । त्यस्तै महासंघले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग पनि राखेको छ । प्रदर्शनका नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुको हक र हितका लागी आफुहरुले दवाव दिने बताउनुभयो । चाडपर्वका बेला पत्रकारहरुको सेवा सुविधाका बारेमा बुझ्न आफुहरुले सञ्चारगृहमा अनुगमन गरेको उहाले बताउनुभयो । त्यस्तै महासंघका उपाध्यक्ष दिलिप थापा मगरले सञ्चारमाध्यमलाई अंकुश लाउने काम राज्यबाट भए चूप लागेर नबस्ने चेतावनी दिनुभयो ।

प्रदर्शनका क्रममा महासंघका पदाधिकारीहरुले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग पनि गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *