शुक्लाफाटामा हात्तीले कुल्चिदा एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शुक्लाफाटा नगरपालिकामा हात्तीले कुल्चिदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लाफाटा नगरपालिका १ बन्साका ६५ वर्षीय बलदेव बोहरा रहेका छन् । बाख्रा चराउन घरभन्दा करीब एक किलोमिटर टाढाको जंगलमा गएका बोहोरालाई हात्तीको समुहले कुल्चिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।
उनीसँगै गएका नारायण सार्की भने भागेर घर पुगेका थिए । शुक्लाफाटा जंगलमा एक दर्जनभन्दा बढी हात्ती रहेको स्थानीय तेजबहादुर विष्टले बताए ।

घटनास्थलमा प्रहरी परिचालन गरी घटनाबारे मुचुल्का उठाउने काम भइरहेको एसपी आचार्यले बताए । घटनापछि स्थानीयले हात्तीको आक्रमणबाट बच्न बिद्युतीय तारको माग गरेका छन् ।

तीन वर्षअघि बेलौरी नगरपालिकाको जंगलमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *