शिक्षाको आमुल सुधारकालागी नया निती आउदै : पुष्प कमल दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकको बिकासको पहिलो प्राथमिकता शिक्षा क्षेत्र भएको बताउनुभएको छ ।

चन्द्रागिरी नगरपालीका बडा नंवर १५ को वडा अध्यक्ष शैक्षिक बिकास कोषले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले शिक्षा क्षेत्रको बिकास बिना मुलुकको बिकास हुन नसक्ने बताउनुभउको हो । बिकास र समृद्धिको नया युग तर्फ जाने प्रयत्न भएपनि सुरु कहाबाट गर्ने भन्ने सवाल सिर्जना भएको उहाको भनाई छ । उहाले अहिले शिक्षाको नया नीति आउन लागेको भन्दै यस क्षेत्रमा सरकार पनि गम्भीर देखिएको धारणा राख्नुभयो । प्रचण्डले सवैभन्दा बढि लगानी शिक्षामा गर्नुपर्ने गर्नुपर्ने र यस क्षेत्रलाई आमुल सुधारको खाँचो रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा बिभिन्न रचनात्मक कार्यक्रमका बिजेताहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै वडा भित्रका पिएचडि उपाधी प्राप्त व्यक्तिहरु तथा खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *