शासनशैलीकै कारण नेपालमा कम्युनिष्टको दिनगन्ति सुरु भइसक्यो : रामचन्द्र पौडेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्ट सरकारको विकल्प खोजेको बताएका छन् । कांग्रेस सोलुखुम्वुले शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदान कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

पाडैलले प्रचण्ड पथ, केपी पथ, माओवाद र जनताको जनवाद पथ असफल भएपछि नेपालका कम्युनिष्ट चिनिया कम्युनिष्टबाट प्रशिक्षण लिइरहेको बताए । सी पथमा नेकपा अगाडि बढेपनि कम्युनिष्ट सत्तासञ्चालन शैलीबाट नै उसको दिनगन्ति सुरु भएको दावी गरे ।

सी पथको परिक्षा दिइरहेका नेपालका कम्युनिष्टहरु फेल भइसकेको उनले जिकिर गरे । जुनतालाई झुक्याएर विकेको कम्युनिष्ट अव टिक्न नसक्ने उनले बताए । वरिष्ठ नेता पौडेलले अवको निर्वाचनमा कांग्रेसलाई जनताले न्याय दिने बताउँदै संगठन निर्माणमा एक भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *