शहीद स्मारक ए ठिभिजन लिग : हारबाट जोगियो मछिन्द्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा स्टार खेलाडीले भरिएको मछिन्द्र क्लब हारबाट जोगिएको छ ।

शुक्रबार सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग १–१ गोल बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको मछिन्द्रका लागि खेलको ८८ औं मिनेटमा देबेन्द्र तामाङले गोल फर्काएका थिए । मछिन्द्रमाथि पहिलो हाफमा हावी भएको च्यासलका लागि अनुभवी खेलाडी सन्तोष साहुखलले गोल गरेका थिए । उनले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सन्तोष साहुखलले लिगमा योसहित तेस्रो गोल गरेका हुन् । बराबरीसँगै च्यासल लिगमा ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने मछिन्द्रले दुई खेलबाट ३ अंक जोडेको छ । यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले फ्रेन्ड्स क्लबमाथि २–० को रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बिबिसीको जितमा रोशन रानामगर र जय गुरूङले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८७औं मिनेटमा जय गुरुङले गोल गर्दै बिबिसीलाई अग्रता दिलाए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा रोशन रानामगरको गोल मार्फत बिबिसीले २–० को जित दर्ता गर्याे ।बिबिसी पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको थियो । फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *