शहीद गंगालाल अस्पतालको सफ्टवेयर ह्याक, फिरौती रकम नदिए सूचना लिक गरिदिने ह्याकरको धम्की

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सफ्टवेयर ह्याक भएको छ।

ह्याकर समूहले अस्पतालको सम्पूर्ण सफ्ट्वयर ह्याकिङ गरेका हुन्। केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने ह्याकिङ भएको जानकारी गोप्य राखेको छ।

यद्यपि अस्पतालकी प्रशासन प्रमुख बिमला अर्यालले अस्पतालको सिस्टम ह्याक भएको स्विकार गरिन्। पहिलो पोष्टकाअनुसार अर्यालले भनिन्, अनुसन्धानमा भएको कुरा गोप्य राख्दा ठीक होला। हामीले सम्बन्धित निकायमा जानकारी दिएका छौं।

ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन्। समूहले क्रिप्टो करेन्सीमा रकम मागेका छन्।

उनीहरुले क्रिप्टो करेन्सीमा पैसा दिन भनेका छन्। नत्र सबै जानकारी लिक गराउने धम्की दिइरहेका छन्, अस्पताल स्रोतले भन्यो।

ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम मागेको खुलेको छ। रकम नदिए अस्पतालसँग सम्बन्धित सम्पूर्ण सूचना सार्वजनिक गर्ने ह्याकर समूहले धम्की दिइएको छ।

अस्पताल प्रशासनबाट ह्याकिङ सम्बन्धी कुनै पनि जानकारी नआएको प्रहरीले जनाएको छ। ह्याकिङ सम्बन्धी घटनामा अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा कुनै पनि जानकारी नआएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले बताए। यता महागरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा पनि कुनै जानकारी नआएको प्रहरीले दाबी गरेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *