शहिद स्मारह फुटबल ’ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दीको विजयी सुरुवात

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बुधबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे । मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । विमलले जगजित श्रेष्ठको पासमा हेड गोल गरेका थिए । यस्तै विमलले ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलाए ।

उनले विदेशी खेलाडी कोएरा लार्बाले मिलाएको पासलाई सदुपयोग गरे । खेलमा विमल म्यान अफ दि म्याच चुनिए । जितसँगै मनाङले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एपीएफले भने खराब सुरुवात गरेको छ । त्यस्तै फुटबलमा उपाधि दाबेदार थ्री स्टार क्लब बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा पाएको अवसर खेर फाल्दा दुवै टोलीले एक एक अंकमा चित्त बुझाएको हो । बराबरीसंगै दुवै टोलीले लिगमा एक एक अंक पाएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *