शनिबार थप ८४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा शनिबार थप ८४३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय ३३ वटा पिसिआर परिक्षणका क्रममा ७६८ जना र ६७१ वटा एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २२६ जना कोरोना मुक्त हुँदा नेपालमा हालसम्म २ लाख ७५ हजार ३८ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ५ हजार ५ सय ४५ जना आइशोलेनमा र ७४ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ४० हजार ४१७ वटा पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *