शताब्दीकै लामो सूर्यग्रहणको यस्तो छ महत्व

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विहीबार बिहान लागेको खण्डग्रास सूर्यग्रहणलाई यो शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण भनिएको छ । ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिएकोले पनि यसलाई विशेष रुपमा हेरिएको हो ।
विहीबार बिहान लागेको खण्डग्रास सूर्यग्रहण वभिन्न देशबाट यस्तो देखियो ।

सुर्य ग्रहणले बिहान ८ बजेर ४२ मिनटमा स्पर्श गरेको थियो । यसैगरी १०बजेर ०१ मिनेटमा मध्य र ११ बजेर ३१ मिनेटमा समाप्त भयो । यो सूर्य ग्रहण आउँदो एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा सबैभन्दा लामो समय देखिएको थियो । यस आधारमा बिहीबारको सूर्य ग्रहणलाई खगोल शास्त्रीहरुले यो शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण भनेका छ । बिहीबारको सूर्य ग्रहणको क्रममा ‘रिङ्ग अफ फायर’ जस्तो देखिने भएकाले पनि विशेष रहयो ।

सन् २०१९ मा यसअघि दुई पटक सूर्य ग्रहण लागेको थियो । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो । सूर्य ग्रहण एक खगोलीय घटना हो । सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । सुर्यग्रहण हेर्न राजधानीका विभिन्न ठाउँमा व्यवस्था मिलाइएको थियो ।

नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिएको थियो भने भारतको चेनई र युएइको दुबई लगाएतबाट सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिएको थियो । ग्रहणलाई पृथ्वीको केही भागबाट बलयाकार वा रिङजस्तो देखिएको थियो । अर्थात् चन्द्रमाको छायाको व्यास सूर्यको भन्दा सानो हुने भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि देखिएको थियो । सोही कारण यसलाई ‘रिङ अफ फायर’ पनि भन्ने गरिएकोे छ । रिङ अफ फायर साउदी अरबबाट देखिन सुरु भएको थियो भने कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इन्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य भएको थियो ।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *