शंकरापुर नगरपालिका–४ स्थित लप्सीफेदीमा बस दुर्घटना ३को मृत्यु,२५ घाईते

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। उनीहरुको प्रहरीले उद्धार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना ग्रस्त भएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए। निरिक्षक पन्थीले भने,तीन जनाको मृत्यु भइसकेको छ। २५ जना घाइते भएका छन्। हाम्रो टोलीले उद्धार गरिरहेको छ। शंकरापुर नगरपालिका–४ स्थित लप्सीफेदी नजिकैको मोडमा बस दुर्घटनामा परेको हो।
(Visited 1 times, 1 visits today)