व्यवसायीचन्द्र ढकाल कोरोना संक्रमणमुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

व्यवसायी चन्द्र ढकाल कोरोना संक्रमणमुक्त भएका छन्। उनमा गत असोज ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमणमुक्त भएपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।उनले भनेका छन्, ‘यहाँहरुको शुभेच्छाले नै मलाई संक्रमणका विरुद्ध लड्न आत्मबल मिलेको महसुस गरेको छु। बिरामी भएका बेला मलाई र मेरो परिवारका सदस्यहरुलाई गर्नुभएको एक कल फोन र एसएमएसले कति ठूलो औषधिको काम गर्दोरहेछ भन्ने कुरा मैले यसपटक राम्रोसँग महसुस गरेको छु।’

सबैले आफ्नो स्वास्थ्यप्रति राखेको चासो र चिन्ता नै आफ्ना लागि कोरोना भाइरस जित्ने दरिलो औजार बनेको महसुस पटक–पटक गरेको उनले बताएका छन्। ढकालले उद्योग वाणिज्य महासंघको साधारणसभाको तयारीमा जुट्नुपर्ने बेलामा आफैँ बिरामी भई बस्नु परेको उल्लेख गर्दै चिकित्सकको सल्लाहअनुसार केही दिन आरामपछि छिट्टै सबैसँग सहकार्यमा जुट्ने विश्वास व्यक्त गरेका छन्।उनले महासंघको साधारण सभाको सिलसिलामा खटिरहेका र जिल्लातिर समेत पुगेकाहरुलाई स्वास्थ्य सजगता अपनाउन र सपरिवार सुरक्षित भएर रहन पनि विशेष आग्रह गरेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *