व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री पद्माकुमारी अर्यालले गाडीन साइनबोर्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले अतिक्रिमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान नै सुरु गरेको छ ।

आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौं महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको करिव १६ रोपनी जग्गा सरकार मातहत ल्याई अभियान सुभारम्भ गरेकि हुन । उक्त जग्गामा मन्त्री अर्यालले ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड राखेकि थिईन । बोर्ड राख्ने क्रममा केही स्थानीयले विरोध समेत गरेका थिए ।

सार्वजनिक तथा सरकारी जग्गाको यकिन गरिसकेको भन्दै अन्य स्थानमा अतिक्रिमित सार्वजनिक जग्गा फिर्ता गर्ने उनले बताइन । उनले बाग्मती किनारमा रहेका जग्गाहरु व्यक्तिका नाममा ल्याएर भोगचलन गर्ने प्रवृति बढ्दै गएको भन्दै त्यसलाई रोक्ने जिकिर समेत गरिन ।

उनले डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको बताइन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *