वैकल्पिक सिकाईका लागि टेलिभिजन खोल्ने योजनामा सरकार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाईका लागि सरकार छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने योजनामा अघि बढेको बताएका छन् ।बुधवार नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूसँगको अन्तर्क्रियामा मन्त्री पोखरेलले भने, मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु । प्रधानमन्त्रीले त्यसलाई सकारात्मक रुपमा लिएको भन्दै पोखरेलले भने – त्यस्तो टेलिभिजनले बिहान माध्यमिक तहलाई , दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ। मन्त्री पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर जान नदिने प्रतिवद्धता समेत दोहोर्‍याए ।

मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने बताए । पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने समेत बताए ।

कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाईलाई सवै विद्यार्थीको पहुंचमा पुर्याउनुपर्ने धारणा राखेका थिए । यसैगरी अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षा वारे अविलम्ब निर्णय गर्न आग्रह गरेका थिए । भर्चुअल अन्तरक्रियामा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत , रश्मि आचार्य , तिलकराज भण्डारी , दिपक देवकोटा , पञ्चा सिंह , सुनिता वराल , विजय गौतम, उत्तम अधिकारी लगायत ३१ जना विद्यार्थी नेताहरुको सहभागिता रहेको थियोे ।

अन्तर्क्रिया कार्यक्रममा विद्यार्थी नेताहरुले वैकल्पिक सिकाईको पुनरावलोकन गरि थप प्रभावकारी वनाइनुपर्ने , शैक्षिकसत्र हरहालतमा जोगाउनु पर्ने , अवरुद्ध परीक्षाहरु वैकल्पिक विधिवाट संचालन गरिनुपर्ने , पहुँच नहुने विद्यार्थी कहाँ पहुँच पुर्याउनु पर्ने , कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्ने लगायतका विषय उठाएको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *