वुमन्स च्याम्पियन्स लिग अन्तर्गत क्याट क्विन्समा काठमाडाको तेस्रो जित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत क्याट क्विन्स काठमाडौंले तेस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा क्याट क्विन्सले ललितपुर फाल्कोन्सलाई आठ विकेटले हरायो । जितसंघै काठमाडौं प्ले अफमा पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १०६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो । जितसँगै काठमाडौंले ४ खेलमा ६ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा छ । ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । चितवन राइनोज यसअघि नै प्ले अफमा पुगिसकेको छ । लिगको शीर्ष टिम फाइनलमा पुग्ने छ । यस्तै दोस्रो र तेस्रो टिमले भने फाइनल प्रवेशको लागि एलिमिनेटर खेल खेल्ने छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *