•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले बिहीबार पनि धर्ना दिएका छन्। अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन थालेका उनीहरुले अस्पतालमा बिहान एक घण्टा धर्ना दिएका हुन्। उनीहरुले बिहान साढे १० देखि साढे ११ बजेसम्म प्ले कार्ड सहित हातमा कालो पट्टी बाँधेर धर्ना दिएका थिए।

चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित छन्। कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु कात्तिक २ गतेदेखि आन्दोलनमा छन्।

शुक्रबारसम्म पनि आफ्ना माग पूरा नगरे आन्दोलनका अन्य कार्यक्रम ल्याउन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन्।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *