वीर अस्पतालका नर्ससहित १३ जना कर्मचारीलाई कोरोना संक्रमण

वीर अस्पतालका नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण फैलिएपछि अस्पतालले बुधबारबाट लागू हुने गरी दुई दिन अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार १३ जना संक्रमित थपिएसँगै अस्पतालमा संक्रमित हुनेको संख्या ७१ पुगेको छ । संक्रमित हुनेहरूमा चिकित्सक, नर्स, ल्याब प्राविधिक, सरसफाइका कर्मचारी र चालक रहेका छन् । कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा चारवटा वार्ड समेत सञ्चालन हुन सकेको छैन ।
(Visited 1 times, 1 visits today)