वीरगन्जमा थप एक कोरोना संक्रमितको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष हुन् ।कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ गते उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

१७ दिनदेखि उपचाररत ५३ वर्षीय पुरुषको सोमबार राति पौने एक बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिएकाछन् । कोरोना संक्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो । योसहित कोरोना संक्रमणले पर्सामा मात्र मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *