वीरगञ्‍जबाट ५ लाख १७ हजार रुपैयासहित भारतीय नागरिक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्सा- बिरगञ्जबाट ५ लाख १७ हजार अबैध भारतीय रुपैयासहित एक भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत जिल्ला पुर्वी चम्पारण थाना कोटवा ६ बस्ने २९ बर्षिय सचिन भास्कार रहेका छन्।

भास्करलाई सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा अबैध भारतीय रुपैया ५ लाख १७ हजार ४ सय सहित पक्राउ गरेको हो।

झोला भित्र लुकाई भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा भास्कारलाई बिरगञ्ज १६ रजतजयन्ती चोकबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनको साथबाट भारतीय नोट ५ सय दरका एक हजार चार थान,दुई सय दरका ५३ थान र एक सय दरका ४८ थान अबैध भारतीय नोट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई रकमसहित आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *