वीरगञ्जस्थित नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मी र कर्मचारीले दिए राजीनामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समय समयमा निक्कै चर्चामा आईरहने वीरगन्जस्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्।

कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामुहिक राजीनामा दिन बाध्य भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताएको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।सिकिस्त भएको विरामीलाई अस्पतालले भर्ना न दिदा विरामीको ज्यान गएको भन्दै स्थानीय आन्दोलीत हुदा प्रहरीसंग झडप समेत हुदैआएको छ भने स्वास्थ्यकर्मीको गाडीमा आक्रोशित समुहले केहिदिन अघि तोडफोड समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *