वीरगञ्जमा संक्रमितको सख्या बड्दै,१८ जनामा कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरका अनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र ४ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा ९ वर्षका बालक देखि ४५ वर्षका पुरूष रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थकर्मीदेखी उद्योगमा कार्यरत कर्मचारीहरु रहेका छन् । कोरोना संक्रमित पुष्टि भएका सबै जना पर्सा जिल्लाकै श्रीपुर पंचगावा, पर्सागढी, वीरगञ्ज १६ मिथिलानगर, वीरगञ्ज ६ रेशमकोठी, वीरगञ्ज १४ बहुअरी, वीरगञ्ज ६ माइस्थान, वीरगञ्ज ११ , वीरगन्ज १० र वीरगञ्ज २ छपकैयाका छन् ।

साउन ७ गते देखि ९ गते सम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। उदय नारायण सिंहले जानकारी दिए । अस्थायी विशेष करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड संक्रमितहरुले भरिएका कारण नयाँ संक्रमितलाई होम आइसोलेसनमा बस्न भनिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *