वीरगञ्जमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गयो

वीरगन्जमा बिहीबार बेलुकी कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १५ प्रतीमाचोकका ७४ वर्षिय संक्रमित पुरुषको ज्यान गएको हो ।
गण्डक बहुअरी स्थित वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहीबार बेलुकी ६ बजेर ४५ मिनेटमा मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डाक्टर दिपक कुशवाहाले जानकारी दिएकाछन् ।
क्षयरोग , मधुमेह र उच्च रक्तचापको पुराना रोगी रहेका उनमा ज्वरो , खोकीका साथै निमोनियाको समस्या देखिएपछि साउन २ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा लगेर भर्ना गरिएको थियो ।
त्यहि उपचारका क्रममा बुधबार उनको स्वाब संकलन गरि परिक्षण गर्दा कारोना पुष्टि भएपछि उनलाइ बुधबार राति वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।
अस्थायी कोभिड अस्पतालको आइसियुमा भनाए गरिएका उनको स्वास्थ्य झन बिग्रिएपछि बिहीबार साँझ भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा बेलुकी ६ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको डाक्टर कुशवाहाले जानकारी दिए ।
योसंगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । साउनमा मात्रै २९ जनाको मृत्यु भएको हो ।