वीरगञ्जमा अस्पतालले भर्ना नलिँदा ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगञ्जमा अस्पतालले भर्ना नलिँदा ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक महिला वीरगञ्ज–२ छपकैया कि बासिन्दा हुन् । योसँगै साउन महिनामा मात्रै पर्सामा कोरोनाले ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

त्यस्तै नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा नौ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका अनुसार १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतो समेत छन । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । नारायणी अस्पतालका तीन जना कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

कोरोना आशंकामा आफै परीक्षण गराउने एघार जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ती जना बारा र एकजना सर्लाहीका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अमरपट्टीका ३ जना र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *