वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको गएको छ । यो संगै धरानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

आईतबार मृत्यु हुने व्यक्ति धरान ८ का ६८ बर्षीय हार्डवेयर व्यापारी रहेका छन । उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी पनि गरिएको भएपनी ज्यान बचाउन नसकेको प्रतिस्ठानले जनाएको छ । हालसंम्म धरानमा मृतक दुई जना पुरुष र एक महिला रहेका छन् ।

मृतक ती ब्यपारी प्रतिस्ठानको पहिलो प्लाज्मा थेरापी गरिएका संक्रमित समेत रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएकाछन्। मृतक ती पुरुषको गत साउन २९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या विगतदेखि नै भइरहेको पनि प्रवक्ता सापकोटाले जानकारी दिएका छ्न। आइतबार साँझ करिब ६ बजेर ३५ मिनेटमा उनको निधन भएको पनि उनले जनकरि दिएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *