विहीबारबाट उपत्यकाका ८ रुटमा साझा यातायात चल्ने, यस्तो छ रुट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बिहीबारदेखि साझाले काठमाडौं उपत्यकामा बस सञ्चालन सुरु गर्ने भएको छ।

सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै साझाले साउन १ देखि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिएकाछन्।

सुरुआतका क्रममा २६ वटा बसले उपत्यकामा सेवा सुरु गर्ने र पछि यात्रुको चाप बढ्दै गएमा अन्य बसहरु पनि सञ्चालन हुने पाण्डेले जानकारी गराए।

सरकारले तोकेका मापदण्ड पुरा गरेर साउन १ देखि उपत्यकाका ८ रुटमा २६ बस सञ्चालन हुने छ,उनले भने।साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने उनले बताए। यात्रुहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न पनि साझाले आग्रह गरेको छ।

साझाका बसहरु सञ्चालन हुने रुटहरु यस्ताछन्

लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *