विषालु च्याउ खाँदा रुपन्देहीमा ९ जना विरामी

रुपन्देही – विषालु च्याउ खाँदा रुपन्देहीमा एकै घर परिवारका ९ जना विरामी परेकाछन् । घरनजिकै रहेको बांसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु विरामी भएको बुझिएको छ। विरामी हुनेमा ७ वर्षिय बालिका देखि ७३ वर्षिय वृद्धसम्म रहेका छन् ।
विरामी हुनेमा जिल्लाको सम्मरीमाई गाउँपालिकाका वडा नम्बर ६ का १८ वर्षिय सिमा यादव, ४० वर्षिय गिता यादव, ३३ वर्षिय मन्जु यादव, १० वर्षिय आशिष यादव, ५० वर्षिय चन्द्रमती यादव, १४ वर्षिय रोमा यादव, ७३ वर्षिय रामपुजन यादव, ४० वर्षिय इश्रावती यादव र ७ वर्षिय रोशनी यादव रहेका छन् ।
बुधबार राती च्याउ पकाएर खाएपछि बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि राती १२ बजे अस्पतालको आकस्मिक कक्षमा आएका विरामीहरुलाई भर्ना गरी उपचार भइरहेको भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। नविन दर्नालले बताए । उपचाररत विरामीहरुको अवस्था सामान्य बन्दै गएको उनले जानकारी दिएका छन ।