विश्‍व प्रतिस्पर्धात्मक पर्यटनमा नेपाल १०२औं स्थानमा,पहिलो स्थानमा कुन देश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्‍वको प्रतिस्पर्धात्मक पर्यटनमा नेपाल १०२औं स्थानमा परेको छ। वर्ल्ड इकोनोमिक फोरमले सन् २०१९ का लागि तयार पारेको ‘द ट्राभल एन्ड टुरिज्म कम्पिटिटिभनेस रिपोर्ट २०१९’ मा नेपाल गत वर्षको दाँजोमा एक स्थान माथि उक्लिएको हो।

फोरमले १ सय ४० देश समेटेर तयार पारेको रिपोर्टअनुसार नेपालले दक्षिण एसियाका बंगलादेश र पाकिस्तानलाई पछाडि पारेको छ भने अफ्रिकी महादेशका अधिकांश र दक्षिण अमेरिकाका केही देशलाई उछिनेको छ।

बंगलादेश १ सय २० र पाकिस्तान १ सय २१औं स्थानमा छन्। नेपालले मोल्डोभा, ताजकिस्तान, बोस्‍निया एन्ड हर्जगोभिना, सेनेगल, रुवान्डा, एलसाल्भाडोर, पाराग्वे, किर्गिस्तान, गाम्बिया, युगान्डा, जाम्बिया, घाना, अल्जेरिया, भेनेजुएला, इथियोपियालगायत देशलाई पछाडि पारेको हो।

रिपोर्टको पहिलोदेखि १०औं स्थानसम्म क्रमशः स्पेन, फ्रान्स, जर्मनी, जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, क्यानडा र स्वीजरल्यान्ड परेका छन्।

फोरमले व्यापार वातावरण, सुरक्षा, स्वास्थ्य तथा सरसफाइ, मानव संशाधन र श्रम बजार, सूचना प्रविधि तथा सञ्‍चार, पर्यटनलाई प्राथमिकता, अन्तर्राष्ट्रिय खुलापन, प्रतिस्पर्धी मूल्य, वातावरणीय दिगोपना, हवाई यातायात पूर्वाधार, स्थल तथा जल पूर्वाधार र पर्यटक सेवा पूर्वाधार, प्राकृतिक स्रोत तथा सांस्कृतिक स्रोत र व्यापार पर्यटन जस्ता प्रमुख बुँदाको सूची समेटेर प्रतिवेदन तयार पारेको हो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *