विश्व सुन्दरीको टोली मकवानपुरको चेपाङ बस्तीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मकवानपुरको कैलाश गाउँपालिका–७ तामलाङ गाउँमा मिस वल्र्ड २०१९ सहितको टोली पुगेका छन् । शुक्रबार तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुगेका हुन् ।

पाहूनाहरु तामलाङ पुग्दा कैलाश गाउँपालिकाका जन प्रतिनीधि तथा स्थानीयबासिन्दाहरुले स्वागत गरेका थिए । तामलाङमा ङिको स्वास्थ्य चौकी निर्माण मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले गरेकी हुन् । मिस वल्र्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नु भएकी खतिवडाले ब्युटी अफ पर्पज बिधा जित्न सफल भएको स्वास्थ्यचौकी मिस वल्र्डका आयोजकहरुलाई अबलोकन गराएकी हुन् ।

स्वाथ्यचौकीको अवलोकनपछि अवलोकनपछि मिस वल्र्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेकी बागमती प्रदेश सांसद एबम् खतिवडाकी आमा मुनु सिग्देलले बताइन् । कैलाश गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मिस वल्र्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ब्युटी पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गरीन् ।

कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *