विश्व सम्पदा सूचीमा सूचीकृत जापानको ओकिनावामा रहेको शुरी दरबार आगलागीबाट ध्वस्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जापानको दक्षिणी टापू ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सुचिकृत शुरी दरबारमा बिहीबार बिहान आगलागीबाट ध्वस्त भएको छ ।

आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । जापानको स्यानीय टेलिभिजनमा देखाइएको दृश्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दा हेर्दै आगोको लप्का र धूवाँबीच अस्थीपञ्जर मात्र बाँकी रहेको छ ।

बिहीबार बिहान २ बजेर ४७ मिनेटमा आकस्मिक अग्निनियन्त्रकहरुलाई आगलागीको खबर आएको र त्यसलगत्तै अग्निनियन्त्रकको टोली तत्काल घटनास्थलान पुगेर आगो निभाउने काम थालेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके ले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *