विश्व बैंक भन्छ– नेपाली बैंकहरुले चुक्ता पुँजी १६ अर्ब पुर्‍याउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केहिसमय अगाडी नेपालमा पूर्वाधार सम्मेलन चलिरहँदा विश्व बैंकले नेपालको पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यो प्रतिवेदनमार्फत विश्व बैंकले नेपाली वाणिज्य बैंकहरुको संख्या घटाउन र तिनलाई अझ सशक्त बनाउन बनाउन सुझाव दिएको छ।

नेपाल पूर्वाधार क्षेत्र मूल्यांकन प्रतिवेदनमा स्पष्टैसँग २८ वाणिज्य बैंकको संख्या घटाएर १५ भन्दा कम बनाउन सुझाब दिईएको छ। संख्या घटाउने मात्र हैन, थोरै संख्यामा रहने वाणिज्य बैंकको चुक्ता पुँजी पनि बढाउनुपर्ने विश्व बैंकको निष्कर्ष रहेको छ।

पूर्वाधार क्षेत्रमा पर्याप्त पुँजी परिचालनका लागि नेपाली बैंकिङ क्षेत्रको पुनर्संरचना हुनुपर्ने उसको निष्कर्ष छ। नेपालमा बैंक तथा वित्तीय संस्थाहरु वर्गका आधारमा चार किसिमका छन्।

क वर्गमा रहेका वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब छ। ख वर्गमा रहेका विकास बैंकको दुई अर्ब, ग वर्गमा रहेका फाइनान्स कम्पनीहरुको ८० करोड र घ वर्गमा रहेका लघुवित्त अर्थात् माइक्रोफाइनान्सको तीनदेखि पाँच करोडसम्मको चुक्ता पुँजी रहेको छ।

पूर्वाधार क्षेत्रमा ठूलो लगानी भित्र्याउन नेपाली बैंकहरुले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन सक्ने क्षमता राख्नुपर्छ’, प्रतिवेदनले भनेको छ। सरकारले पनि नेपाली बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन पाउने नियम बनाइसकेको अवस्थामा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको यस्तो सुझाव आएको हो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *