विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको बौद्ध पराम्परा अनुसार टेकु दोभानमा अन्त्येष्टि गरिएको हो ।

त्यसअघि सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए ।

सोमवार बिहान १० बजे जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय मंगलवारको मन्त्रिपरिषद्ले गरेको थियो । सो क्रममा मन्त्री भट्टराईले इतिहास रच्न सफल शेर्पाको योगदान सदैव स्मरणीय रहने बताएका थिए ।

विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको सोमवार निधन भएको थियो । सोलुखुम्बुको थामेमा जन्मीएका शेर्पा ‘हिमचितुवा’को रुपमा चिनिन्छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *