विश्वमै लोपोन्मुख मानीएको करिब एकसय गिद्ध नवलपरासीको जितपुरमा मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेका छन् ।

पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुल्ला मैदानमा एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेको रामग्राम नगरपालिकाका स्थानियवासी शम्भु उपाध्यायले बताएकाछन् ।

रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको पाल्ही क्याम्पस पछाडिको खुला मैदानै भरिने गरी एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध बुधवार बिहान मृत अवस्थामा फेला परेका छन । यति धेरै सङ्ख्यामा प्रकृतिका कुचिकार मानिएका गिद्धको मृत्यु कसरी भयो खुल्न सकेको छैन ।

खुला मैदान बीचमा एउटा कुकुर मरेको देखिएको आधारमा यो कुकुरलाई विष खुवाएर मारिएको र यसैको मासु गिद्धले खाएपछि गिद्धहरु मरेको हुन सक्ने अनुमान गरिएको भए पनि यति धेरै गिद्धको मृत्यु कसरी भयो भन्ने अझै खुल्न सकेको छैन ।

पशुमा उपचारका क्रममा डाइक्लोफिनाईक्स औषधि प्रयोग गरिएको र सो औषधिको इन्जेक्सनपछि पशुको मृत्यु भएको खण्डमा त्यो पशुको मासु खाएपछि यसरी नै गिद्ध मर्न सक्ने सम्भावना रहने गर्दछ । नेपालमा डाइक्लोफिनाईक्स औषधि प्रयोगमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध भए पनि नवलपरासीको यो क्षेत्र भारतीय खुला सिमानासँग जोडिएको हुनाले कसैले यो औषधि भारतबाट ल्याएर प्रयोग गरेको हुनसक्ने अनुमान समेत गरिएको छ ।

पश्चिम र पूर्वी नवलपरासी जिल्लाको माथिल्लो भागमा रहेको चुरे पहाड क्षेत्रमा अनेक प्रजातिका गिद्धहरुको वासस्थान रहेको अवश्थामा यसरी सयौंको सङ्ख्यामा गिद्धहरुका अचानक मृत्यु हुँदा प्रकृतिप्रेमीहरुलाई चिन्तित बनाएको मानवअधिकारकर्मी एवं सामाजिक अभियन्ता बृजराज कुशवाहले बताए । यति धेरै सङ्ख्यामा लोपोन्मुख चरा गिद्धको मृत्यु भएको घटनाको छानबिन गरिनुपर्ने माग उठन थालेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *