विश्वभर रेकर्ड तोड्नेगरी फैलियो कोरोना संक्रमण, २४ घण्टामा कहाँ के भयो हर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस अझै तीव्र गतिमा फैलिरहेको छ ।अहिलेसम्मको रेकर्ड तोड्ने गरी बुधबार एकै दिनमा विश्वभर कोरोनाबाट १ लाख ९६ हजार ९ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो ।

यसअघि जुन २६ अर्थात् असार १२ गते १ लाख ९५ हजार ४ सय ९६ जना संक्रमित थपिएका थिए । त्यसको एक हप्ताअघि असार ५ गते १ लाख ८२ हजार ६ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो ।कोरोना भाइरसबाट पछिल्लो एक हप्तामा मात्रै विश्वभर १२ लाख ६२ हजार ४ सय ७३ जना संक्रमित भएका छन् । एक महिनाको अवधिमा ४४ लाख २९ हजार २ सय १६ जना संक्रमित थपिएका छन् ।अहिलेसम्म कोरोनाबाट १ करोड ६ लाख ६४ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् भने ५ लाख १५ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ४ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा पछिल्लो २४ घण्टामा ५१ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ७६ जनाको मृत्यु भएको छ । विश्भर दैनीक एकलाखको दरले बडन सक्ने चेतावनी पनी जारी भइसके छ ।

ब्राजिलमा ४४ हजार ८ सय ८४ जना संक्रमित थपिँदा १ हजार ५७ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ५ सय ५६ जना संक्रमित हुँदा २ सय १६ जनाको मृत्यु भएको छ।कोरोनाबाट अति प्रभावित मुलुकको चौथो सूचीमा रहेको भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ३८ जनाको मृत्यु भएको छ ।

बेलायतमा ८ सय २९ जना संक्रमित थपिँदा १ सय ७६ जनाको मृत्यु भएको छ। छिमेकि राष्ट्र भारतमा पनी संक्रमण तित्रगतीमा बडदै छ ।नेपालमा भने पछिल्लो २४ घण्टामा ४८२ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *