विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाचलाख नजीक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार ८ सय ६८ पुगेको छ भने संक्रमितको संख्या ९९ लाख ४ हजार ९ सय ६३ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ५३ लाख ५७ हजार ८ सय ४० जना उपचारपछि निको भएका छन् ।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख २७ हजार ६ सय ४० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २५ लाख ५२ हजार ९ सय ५६पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५६ हजार १ सय ९ पुगेको छ भने संक्रमितको संख्या १२ लाख ८० हजार ५४ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय ८१ पुगेको छ भने संक्रमितको संख्या ६ लाख २० हजार ७ सय ९४ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *