विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो,कुन देशमा कती ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोनाभाइरसका कारण विश्वभरमा मृत्यु हुने र संक्रमितको संख्या झन बढ्दै गइरहेको छ । कोरोनाको संक्रमणबाट अमेरिका, ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् ।

यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख २ हजार ९ सय ८८ पुगेको छ भने संक्रमितको संख्या २ करोड ३१ लाख ८ हजार ५ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ५७ लाख ५ हजार ४ सय ९९ जना उपचारपछि निको भएका छन् ।हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ७९ हजार २ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५७ लाख ९६ हजार ७ सय २७ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख १३ हजार ४ सय ५४ पुगेको छ भने संक्रमितको संख्या ३५ लाख ३६हजार ४ सय ८८ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार १ सय ८९ पुगेको छ भने संक्रमितको संख्या ९ लाख ४६ हजार ९ सय ७६ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *