विश्वको सबैभन्दा चिसो शहर : जहाँ डिसेम्बरदेखि जनवरीसम्म हुदैन सूर्योदय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एजेन्सी- विश्वमा केही यस्ता स्थानहरु छन जहा तातो र केही स्थानहरु अत्याधिक चिसो हुने गर्छन । धेरै स्थानमा मौसमअनुसार कहिले तातो र कहिले चिसो हुने गर्छ । विश्वमा यस्तो पनि मुलुक छ, जहाँ कुनै सडकसञ्चाल छैन । विश्वको सबैभन्दा चिसो सहरका रुपमा परिचित यो शहरको नाम हो नोरिल्स्क ।

यो शहरमा वर्षको ३ सय ६५ दिनमध्ये २ सय ७० दिन हिँउ जम्ने गर्छ । रुसको राजधानी सहर मस्कोबाट यो शहर करिब २ हजार ९ सय किलोमिटरको दूरीमा पर्छ ।

यो शहरमा केवल विमान वा नौकाको प्रयोग गरेर जान सकिन्छ । यो शहरको तापमान अधिकतम माइनस १० देखि न्यूनतम माइनस ६१ डिग्री रहने गरेको छ । यो सहरको आवादी भने १ लाख ७५ हजार रहेको छ । यहाँ डिसेम्बरदेखि जनवरीसम्म सूर्योदय नै हुँदैन ।

यो शहर निकै चिसो हुँदाहुँदै पनि प्रदूषणमुक्त भने छैन । माइनिङ रिफाइनिङको कारण यो शहर प्रदूषित बन्न पुगेको छ । वातावरणमा फैलिएको सल्फर डाइअक्सइडको कारण करिब ३० किलोमिटर वरपरका सबै रुख विरुवाहरु लोप भैसकेका छन् ।

एक प्रतिवेदनकाअनुसार नोरिल्स्कमा विश्वको सबैभन्दा ठूलो निकेल, प्लाटिनम र प्लेडियमको भण्डारण भएको स्थान हो । २८ ग्राम प्लेडियमको मूल्य करिब एक हजार डलर रहेको छ ।

सधैजसो कठ्याङ्रिने जाडोमा खुम्चिने रुसीहरु मौसम सामान्य हुँदासाथ सनबाथ लिन मन पराउँछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *