विश्वकै सुन्दरीहरू मध्य नम्बर वानमा पियंका (फोटो फिचर)

बलिउडकी अभिनेत्री प्रियङ्का चोपडा भारतमा देशी गर्लको नामले चर्चामा रहेकी छिन् । अहिले प्रियङ्का हलिउडमा व्यस्त रहेकी छिन् । उनले बलिउड सँगै हलिउडमा पाइला चाल्दा साथ उनको लोकप्रियता झन् झन बढ्दै गएको छ । प्रिंयकालाइ सामाजिक सञ्जाल क्लाइम्बर्स लिस्टको आधारमा पनि उनको कति धेरै लोकप्रियता रहेको छ भन्ने पनि अनुमान लगाउन सक्छौ ।
हलिउड रिपोर्टर्सको ग्लोबल सोसल मिडिया क्लाइम्बर्स चार्टका अनुसार हाल प्रियंका सामाजिक संजालमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् । चार्टको सूचीमा हालसम्म प्रियंका १२ पटक शीर्ष स्थानमा पुगिसकिन्। यसपटक भने प्रियंकाले पछिल्लो पटक सामाजिक संजालका सबैभन्दा लोकप्रिय व्यक्ति नायक नथा पूर्व रेस्लर खेलाडी ड्वाइने जोनसन अर्थात् रकलाई पछि पार्न सफल भएकी छिन् ।
एक महिनाको अवधिमा प्रियंका तीनपटक सामाजिक संजालकी सबैभन्दा लोकप्रिय व्यक्ति बनेको हलिउड रिपोर्टर्सको चार्टले उल्लेख गरेको छ । चार्टले फेसबुक, इन्स्टाग्राम, युट्युब र ट्वीटरमा राखिएका फोटो, भिडियोको भिजिटर, लाइक्स, कमेन्ट्स, डिस्लाइक्स तथा इन्गेजमेन्टको डेटा संकलन गरेर सर्वाधिक लोकप्रिय व्यक्तिको सूची सार्वजनिक गर्ने गर्दछ । प्रियंका चोपडा सामाजिक संजालमा निकै सक्रिय छिन् । एजेन्सी