विश्वकै सबैभन्दा लामो केबल कार नेपालमा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । विश्वको सबैभन्दा लामो दुरीको केवल कार नेपालमा बन्ने भएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थलको रुपमा सुपरिचित मन्दिर मुक्तिनाथ सम्म जान विश्वकै लामो दुरीको अत्याधुनिक बिद्युतीय यातायात केबल कार निर्माण हुन लागेको हो ।

कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकार निर्माण गर्न लागिएको हो ।

हालसम्म विश्वमा १५ किलोमिटर भन्दा लामो केबलकार निर्माण भएका छैनन् । अहिले सम्म प्राप्त तथ्यांकको आधारमा बिश्वकै लामो केबलकार निर्माण गर्न नेपाल सरकार अन्तर्गतको लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबिच १८ महिनाभित्रै विस्तृत परियोजना प्रस्ताव (डीपीआर)बनाउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएकाे १४ महिना सम्पन्न भएकाे र अवकाे ४ महिनामा डिपिआर सम्पन्न भएर केबल कार निर्माणको काम अघि बढ्ने छ ।

डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालीका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका हुन् । यो केबुलकार निर्माण भएसंगै गिनिज वल्र्ड रिकर्डमा समेत दर्ता गर्ने परियोजनाका अधिकारीको भनाई रहेको छ ।

बिरेठाँटीमा मुल स्टेशनसहित गरी केबलकारका जम्मा ६ वटा मेन स्टेशनहरु रहनेछन् । घोरेपानी, तातोपानी, लेते मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथमा सब स्टेशनहरु निर्माण हुनेछन् । केबल कार निर्माण सम्पन्न गर्न करिब ३४ करोड अमेरिकी डलर (करिव ५० अर्ब नेपाली रुपैया) बराबर लागत लाग्ने हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।

विशिष्ट किसिमको भौगोलिक अवस्था रहेकाले विदेशी विज्ञले विशेष किसिमको क्याराभान जहाजमार्फत कास्कीदेखि मुस्ताङसम्मको भूगोल अध्ययन गरिरहेका छन् । ८४ किलोमिटर दूरीमा केबलकार संचालनको पूर्वाधार तयार गर्न कम्तिमा ५० अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान छ । यति लामो दूरीको केबल कार विश्वमै कहीँ नभएकाले यसको निर्माणले नेपालकाे पर्यटनमा ठुलाे प्रभाव पर्नेछ ।

केबलकारमा यति लामो यात्रा एकैपटक गर्न नमिल्ने भएकाेले बीच बीचमा विश्राम गर्दै यात्रा गर्ने सुविधा यस केवलकारले प्रदान गर्ने भएकाे छ । नयाँ पुलबाट मुक्तिनाथ पुग्न झण्डै साढे तीन घण्टा लाग्ने यस केबलकारको प्रस्थान र गन्तब्य बिन्दुको उँचाइ निकै फरक भएकाले यसको संचालन अत्यन्तै शाहसिक र राेमान्चक हुने छ ।

अवरोध नभए र वन मन्त्रालयले समन्वय गरे आउँदो चार वर्षभित्र मुक्तिनाथसम्म केवलकार संचालनमा ल्याइसक्ने कम्पनीको दाबी छ ।

कम्पनीले पर्यटन वर्ष २०२० काे अवसरमा आउदाे पुष १६ गते केवलकारकाे सिलान्यास गर्ने जनाएकाे छ ।  क्षमता, दक्षता र भौगोलिक जटिलताका कारण निकै महत्वाकांक्षी मानिएको यो परियोजनाको निर्माण र संचालन निकै नै चुनौतिपुर्ण र राेमान्चक हुने छ ।

यो केबल कार निर्माण सम्पन्न भएको अवस्थामा पर्यटकको आकर्षक केन्द्र पोखराबाट प्राकृतिक सुन्दरता र धार्मिक हिसावले महत्वपुर्ण स्थल मुक्तिनाथसम्मको यात्रा केहि घण्टामै सहज हुनेछ

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *