विश्वकै एकदिमा दिईने धेरै बली अर्थात राजदेवी मन्दिरमा यस पटक बली नहुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली बली प्रदान नहुने भएको छ । उक्त मन्दिरमा अष्टमी रातीमा विशेष बली प्रदान हुँदै आएको छ । राजदेवी मन्दिर अहिलेसम्म विश्वमै सबै भन्दा धेरै बलि दिने मन्दिरको रुपमा चिनिन्छ ।

कोरोना संक्रमण बढेकाले बलीप्रदान रोकिएको राजदेवी मन्दिरका महन्थ राम गिरिले वताए । यसपाली स्थानिय प्रशासनले वलिप्रदान नगर्ने निर्णय नगरेकाले मन्दिरमा वलिप्रदान वाहेकका पूजा मात्रै हुने वताए ।

‘राजदेवी मन्दिरमा पूजाको विशेष तैयारी शुरु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले भने । जिप्रकामा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, गुठी संस्थान र युवा क्लवहरुको संयुक्त बैठकले बलीप्रदान नगर्ने निर्णय भएको जानकारी दिए ।

बलि प्रदानको ठाउँमा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने महन्थ र पूजारीहरुसंग सल्लाह भएको छ । राजदेवी मन्दिर वाहेक धनुषाको दर्जनौ स्थानमा वलिप्रदान हुने गरेको छ ती सबै ठाउँमा यसपालि वलिप्रदान कार्यक्रम रोकिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *