विराटनगर गइरहेको निगमको ट्यांकर लहानबाट ‘गायब

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमलेखगञ्ज डिपोबाट विराटनगर गइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर सिरहाको लहानबाट ‘गायब’ भएको छ।
ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब भएको प्रहरीले जनाएको छ।चालकसहित गायब पारिएको उक्त ट्यांकर सम्पर्कविहीन छ।

लहान पुगेपछि सो ट्यांकरलाई एक समूहले रोकेर गायब पारेको लहानका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए।

‘ट्यांकर हालसम्म फेला परेको छैन, खोजी तीव्र पारिएको छ,’ बोहराले भने।

अज्ञात समूहले सो ट्यांकर अपरहण गरेको आशंका गरिएको बोहराले बताए।ट्यांकरमा चालकसहित कतिजना थिए यकिन भइसकेको छैन। इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालसहितको प्रहरी टोली ट्यांकरको खोजीमा रहेको बोहराले बताए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *