विमल घर्तीमगरसहित चार खेलाडी राष्ट्रिय टिमबाट बरखास्त, यस्तो छ कारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौँ – अखिल नेपाल फुबटल संघ एन्फाले चारजना खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै नेपाली राष्ट्रिय टिमबाट हटाएको छ ।

शुक्रबार मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएका विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनको कारबाही गर्दै राष्ट्रिय टिमबाट हटाइएको एन्फाले जनाएको छ ।
अनुशासनको कारबाहीमा परेका चारैजना खेलाडी विश्वकप छनोट अन्तगर्त कुवेत विरुद्ध थिम्पुमा हुने प्रतिस्पर्धाका लागि भुटानको यात्रा गर्न पाउने छैनन् ।
उनीहरुको ठाउँमा वैकल्पिक खेलाडीलाई अवसर दिइने एन्फाले जनाएको छ ।

यसअघि पोखरामा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको अघिल्लो राति दिवस श्रेष्ठसहितका खेलाडीलाई पनि अनुशासनको कारबाही गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *