विभिन्न मठमन्दिरमा अन्नकुट महोत्सव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महोतरी ११ कार्तिक , महोतरी सहित मिथिलाञ्चलका विभिन्न कुटीहरुमा अन्नकुट महोत्सव मनाईएको छ । मिथिला पुराणअनुसार प्रत्येक वर्षको कात्तिक प्रतिपदाका दिन मनाईने अन्नकुट पर्व यहाँका प्रत्येक मठमन्दिरमा धुमधाम साथ मनाइन्छ ।

महोतरीको लक्ष्मीनारायण मठ,जनकपुरको राम मन्दिर, जानकीमन्दिर रत्नसागर, बिहारकुण्ड, अग्निकुण्ड, सुन्दरसदन, दूधमतीकुट्टी लगायतका ७५ वटाभन्दा बढी मठमन्दिर, कुट्टी तथा धार्मिक स्थलमा भगवान राम–जानकी, हनुमान एवं देवी–देवतालाई ५६ प्रकारका व्यञ्जन भोग लगाई हजारौं भक्तजनले प्रसाद ग्रहण गरेका छन ।

यो पर्व प्रत्येक जिल्लाको मठमन्दिरहरूमा मनाईनुका साथै शरद ऋतुमा पाइने सम्पूर्ण फलफूल, तरकारी तथा खाद्यपदार्थ भगवानलाई भोग लगाउने चलन छ ।भगवानका लागि भोग नैवेद्यमा नियमित प्रसादका अतिरिक्त सामथ्र्य अनुसार अन्नबाट बनेको काँचो वा पकाएको भोग, फलफूल आदि अनेक प्रकारका पदार्थ अर्पण गर्ने गरिन्छ जसलाई छप्पन भोग भनिन्छ । सोही चढाइएको भोगबाट प्रसादको रुपमा भक्तजनहरुमा बाँड्ने गरिन्छ । यो पर्वका दिन नयाँ अन्नबाट बनेको भोग भगवानलाई अर्पण गरिन्छ त्यसैले यो पर्वको नाउँ अन्नकुट परेको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *