विपतको घडीमा राजनीतिक अाग्रह र पूर्वाग्रहभन्दा माथि उठेर चुनौतीको सामनागराै :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं_नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले विपतको घडीमा राजनीतिक अाग्रह र पूर्वाग्रहभन्दा माथि उठेर चुनौतीको सामना गर्न सबैजना एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ ।

सामुदायिक सेवामञ्च,स्वयम्भूको १८ अौँ वार्षिक साधरणसभा उद्घाटन गर्दै जोशीले कोभिड १९ को रोकथाम नियन्त्रणमा भएको खर्चको र भ्रष्टाचारका विषयमानि प्रश्न उठेकाले विभिन्न क्षेत्रका नागरिक अगुवाहरुको संलग्नतामा लेखा परिक्षणगर्न समिति गठन गर्नमा जोडदिनु भएको छ ।
कार्यक्रममा बोल्दै जोशीले प्रहरी र जनता मिलेरनै शान्ति स्थापना र विसङ्गति,विकृतिसँग लड्न र सुशासन कायम गर्न एकहुनपर्नेमानि जोड दिनुभयो ।

अमिन पाण्डेको सभापतित्वमा सम्पन्न वार्षिक साधरणसभाले अाजै राजु खरेलको नेतृत्वमा समिति गठन भएको छ ।कार्यक्रम सामाजिक दूरी कायम गर्दै सम्पन्न भएको थियोे ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *