विद्या भण्डारीले देउवासँग माफी नमागे शितलनिवास घेर्ने तरुण दलको चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौंः नेपाल तरण दलका महासचिव भूपेन्द्रजंग शाहीले राष्ट्रपति विद्या भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको अपमान गरेको भन्दै आपत्ती जनाएका छन् । तरुण दलले कांग्रेस सभापति देउवामाथी बोली बुझिएन भन्दै राष्ट्रपतिले गरेको कटाक्ष र भ्रष्टाचार, महँगी र कालोबजारी बढेको भन्दै महासचिव शाहीको नेतृत्वमा आइतबार खबरदारी जुलुस निकालेको हो ।

सोही विरोध सभालाई सम्बोधन गर्दै महासचिव शाहीले भने, “सत्तापक्षका प्रधानमन्त्रीजीको इशारा बुझ्ने तर, प्रमुख प्रतिपक्षी दलका नेताको आवाज नबुझ्ने राष्ट्रपतिज्यु ? उखान टुक्कामात्र होइन प्रतिपक्षीको आवाज पनि सुन्ने बानी बसाल्नुस् ।” उनले राष्ट्रपति विद्या भण्डारीले सभापति देउवाको मानहानी हुने गरि प्रयोग गरेको शब्द फिर्ता लिन माग गर्दै त्यसो नगरे राष्ट्रपति भवन अगाडी तरुण दलले आन्दोलन गर्ने चेतावनी दिए । महासचिव शाहीले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकार असफल भइसकेको दाबी गरे ।

सरकारले मिडियामाथी समेत नियन्त्रण गर्न खोजेको उनको आरोप थियो । सरकार संरक्षित अरिंगालहरुलाई भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरुलाई आक्रमण गरेको भन्दै उनले हिममत भए तरुण दलसँग लडेर देखाउन चेतावनी दिए । यस्तै,उनले तरुण दल भ्रष्टाचारविरुद्ध अभियान चलाउने र भ्रष्टाचारीलाई नांगेझार पार्ने पनि उद्घघोष गरे ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *