वित्तीय क्षेत्रमा सबैभन्दा ठुलो चुनौतीसाइबर सेक्युरिटी : गभर्नर डा.चिरन्जीवि नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवि नेपालले देशको आर्थिक विकासको पहिलो आधार वित्तीय स्थायित्व भएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक तथा वित्तीय अवस्था’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले वित्तीय क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताएका हुन ।
गभर्नर नेपालले वित्तीय स्थायित्वपछि मात्रै अर्थतन्त्रका आधारशिला तयार हुने बताए । उनले पछिल्लो समय वित्तीय क्षेत्रमा सबैभन्दा ठुलो चुनौतीको रुपमा साइबर सेक्युरिटी देखा परेको समेत बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले पछिल्लो समय केन्द्रीय बैंकले लिएका नीतिहरुले निजी क्षेत्रमाथि असर पारेको बताएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा ल्याउनु अघि निजी क्षेत्रसँग मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक स्थितिका विषयमा छलफल गरेको हो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *