वर्षकै दोस्रो उत्कृष्ट व्यापार गर्ने फिल्म बन्यो ‘लभ आजकल’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सन् २००९ मा प्रदर्शनमा आएको फिल्म ‘लभ आजकल’को दोस्रो सिरिज शुक्रबार अर्थात भ्यालेन्सटाईन डे बाट प्रदर्शमा आएको छ ।

कार्तिक आर्यन र सारा अलि खानको मुख्य भूमिका रहेको उक्त फिल्मलाई बलिउड दर्शकमाझ प्रतीक्षित फिल्मका रूपमा हेरिएको थियो।

‘भ्यालेनटाइन्स डे’ अर्थात् प्रेम दिवसलाई लक्षित गरेर सार्वजनिक फिल्मले उत्कृष्ट व्यापार सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेकाछन्।

फिल्मले प्रदर्शनको पहिलो दिन भारतीय रूपैयाँ १२.४ करोड माथिको व्यापार गरेको छ।

सन् २०२० को फिल्मी व्यापार रिपोर्टअनुसार प्रदर्शनमा आएका फिल्महरूमध्ये पहिलो दिन सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको दोस्रो स्थानमा परेको छ ‘लभ आजकल’।

यसअघि फिल्म ‘तान्हाजी’ले पहिलो दिन १५ करोड १० लाखको व्यापार गरेको थियो। सञ्चारमाध्यममा उल्लेख भएअनुसार ‘लभ आजकल’को व्यापार शनिबार पनि उल्लेख्य छ।

भारतीय फिल्म विश्लेषकका अनुसार फिल्मले शनिबार मात्र १८ करोडको व्यापार गर्न सक्ने अनुमान गरिएको छ। तथापि फिल्मको व्यापार रिपोर्ट भने आउन बाँकी नै छ।

फिल्म निर्माण युनिट समीक्षक र दर्शक दुवै पक्षबाट उत्साहित छन्। कारण दुवै पक्षले फिल्मलाई सकारात्मक रूपमा लिएका छन्।

करिब ६५ करोड लगानीमा बनेको फिल्मलाई इम्तियाज अलिले निर्देशन गरेका हुन्।

विशेष गरेर फिल्म निर्देशन निर्माताका लागि ‘भ्यालेनटाइन डे’ फिल्म रिलिजका लागि उत्कृष्ट मानिन्छ। यसको उदाहरण अघिल्लो वर्षको ‘भ्यालेनटाइन डे’मा प्रदर्शनमा आएको ‘गलि ब्यो’ले १९.३ करोडको व्यापार गरेको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *