वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भोला रिजाललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि रिजाल ह्याम्स अस्पताल भर्ना भएका छन् । शनिबार डा.रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको हो ।

अहिले दुवै जना ह्याम्स अस्पतालमा उपचार गराइरहेका छन् । डा.रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘कोरोनाबाट कोही पनि अछुतो छैन्,’ डा.रिजालले भने, ‘सबैको परिवार उच्च जोखिममा छ । फ्रन्टलाइनमा बसेर काम गरेका व्यक्तिहरुको मनोबल उच्च राख्नुपर्छ । विगतमा स्वास्थ्यकर्मीमाथि जेजस्ता घटना भएका छन्, त्यो हाम्रो परम्परा संस्कृतिसँग मेल खाने कुरा होइनन् । भोलि जे पनि हुन सक्छ । अहिले हाम्रो परिवारलाई कोरोना देखिएको छ ।’ उनले सबैको शुभेच्छा र हौसलाले भोलि आफूहरु कोरोनामुक्त भएर फ्रन्टलाइनमा खट्ने अठोट व्यक्त गरे । डा.रिजालले कोरोनाको संख्या नेपालमा बढ्दैं जाँदा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका घटनाप्रति दुःख व्यक्त गरे ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *