वन्यजन्तुको चोरी शिकारी बढ्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वन रक्षक र वन कर्मचारीहरुको वेवास्ताका कारण सिन्धुली जिल्लाको कमलाखोच क्षेत्रको रानीवास वनमा वन्य जन्तुहरुको चोरी शिकारी बढेर गएको छ ।

तस्करहरुले दशै तिहार जस्ता चाडपर्वहरुको मौका छोपी रानीवास क्षेत्रको चुरे वन क्षेत्रमा विगत केही दिन यता धमाधम मृग,निलगाई,बनेल लगाएतका वन्यजन्तुहरको शिकार गर्दै आएका छन् ।

रानीवास क्षेत्रको घना जंगलमा जंगली हाती,बाघ,भालु, मृग घोरल लगाएत अमुल्य वन्यजन्तुहरुको वास स्थान रही आएको छ ।सो वन क्षेत्रमा विगतमा समेत वन्यजन्तुहरुको चोरी शिकारी हुदै आएको थियो।

केही दिन अघि तस्करहरुको आक्रमणले मारिएको दुर्लभ निलगाई वन कर्मचारीहरुले समेत फेला पारेका थिए ।वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *