वन्द भयो बाग्लुङको बिश्वकै लामो झोलुङ्गे पुल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गत साता सर्वसाधरणको लागी खुल्ला गरिएको विश्वकै लामो झोलुङ्गे पुलमा अत्याधिक भिड लागेपछी कोरोनाको जोखिम वढ्ने भन्दै जिल्ला प्रशासन कार्यलय बागलुङले रोक लगाएको छ ।

बागलुङ र पर्वत जिल्ला जोड्ने नेपाल कै पवित्र कालीगण्डकी नदीमाथि बनेको बिश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल अनौपचारिक रूपमा बागलुङ नगरपालिकाले सञ्चालनमा ल्याएपछि पुल हेर्ने र तर्नेको भिड लागे पछी कोरोना जोखिम रहेको भन्दै वन्द गरिएको छ ।

५६७ मिटर लामो १३८ मिटर अग्लो बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर देखि कुश्मा नगरपालिका वडा नम्बर १ अदुवावारि जोड्ने कालीगण्डकी नदि माथि निर्माण गरिएको बिश्वकै लामो सिंगल स्पानको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको ४ महिनापछि खुला गरेको थियो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण समुदायस्तरमा फैलिदै गएको भन्दै गृह मन्त्रालयले जिल्ला जिल्लामा कडिकडाउ गर्न निर्देशन दिइरहेको बेला झोलुङ्गेपुल सर्वसाधारण लाई खुला गरेर नगरपालिकाले कोरोना संक्रमण बढाउने काम गरेको भनेर सर्वत्र बिरोध भएपछी वन्द गराएको हो । पुल पुर्ण रुपमा निर्माण सम्पन्न नभएकोले आवतजावत गर्दा हल्लिएको जनगुनासो आएकोले प्राविधिक खटाएर पुलको लठ्ठा कस्ने काम भैरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले वताए ।

कोरोनाको जोखिम समुदाय स्तरमा पुगेको भन्दै गृहमन्त्रालयले अन्तर जिल्ला प्रवशेमा पास अनिवार्य गरेको सन्र्दभमा पुल खुल्ला गर्दा कोरोनाको जोखिम वढने स्थानियको भनाई छ ।

नेपालमा परिक्षण कै रूपमा रहेको झोलुङ्गेपुल शुरू कै दिनमा सयौं सर्वसाधारण आवत जावत गरे पछि पुल बेसरी हल्लीन पुगेकाले पुलको मर्मत गर्न आवश्यक रहेको स्थानिय वासी हरेराम अधिकारीले वताए ।

२०७७ साल चैत मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने ठेकेदार कम्पनी संग सम्झौता भएपनि ठेकेदार कम्पनीले लकडाउनका बिच एक बर्ष अगाडि नै काम सम्पन्न गरेपनि पुल हस्तान्तर भने भएको छैन । विश्वकै लामो भएकोले सर्वसाधारणको आर्कषण वढी हुने भएकोले कोरोना महामारीको समयमा पुलमा हुने अनावश्यक भिड नियन्त्रण गर्न आश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले वताए ।

बागलुङ नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को संक्रमण भएको भन्दै पुल हस्तान्तरण र उद्घाघाटनको काम भने केही महिनाको लागि रोकेको छ ।एकातिर सरकारले १५ जना ब्यक्ति भन्दा बढी ब्यक्ति भेला हुन प्रतिबन्ध लगाएपछि सिनेमा हल,पार्टी प्यालेस ,धार्मिक संघसंस्था मन्दिर सबै बन्द भएको बेला स्थानीय सरकारले ठेकेदार कम्पनी बाट हस्तान्तरण नभएको पुल हतारहतार नगर कार्यपालिकाको निर्णय बिना सर्वसाधारण लाई खुला गरेको १ हप्तामै वन्द गर्नु परेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *